काठमाडौँ- राष्ट्रियसभाको बैठकले आर्थिक वर्ष २०८१र ८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहाल सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। यसघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
सुशासन समितिमा सांसद शाक्य मनोनित
बैठकमा अध्यक्ष दाहालले सांसद डा अन्जान शाक्य विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन भएको सभासमक्ष जानकारी गराएका थिए।


