२०८३ कार्तिक १६ गते आईतबार

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा, मन्त्रालयले बनायो यस्तो मापदण्ड [पूर्णपाठ]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १४
education ministry (1)

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवा फुकुवा गरेको छ। शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ जारी गर्दै सरुवा फुकुवा गरिएको हो।

जेठ १३ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरुवासम्बन्धी निर्देशिका स्वीकृत गरेकी हुन्। निर्देशिका अनुसार हाल कार्यरत रहेको विद्यालयको सम्बन्धित तहमा सबैभन्दा बढी स्थायी सेवा गरेको अवधिका आधारमा सरुवाका लागि प्राथमिकताक्रम निर्धारण गरिने व्यवस्था गरिएको छ।

 प्राथमिकताक्रम निर्धारण हुन नसकेको अवस्थामा गोलाप्रथाबाट छनोट गरेको आधारमा पनि हुनेछ।

निर्देशिका जारी गरेलगत्तै मन्त्रालयले ७५३ वटै स्थानीय तह, ७७ वटै शिक्षा, विकास तथा समन्वय इकाई, सबै सामुदायिक विद्यालयलाई कार्यान्वयनका लागि परिपत्र गरिएको छ।

शिक्षक सरुवा गर्नुपरे निवेदन माग गर्ने र निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकताक्रमका आधारमा सरुवाको सहमति दिन सकिने व्यवस्था निर्देशिकामा छ।

अब सरुवा भई जाने र सरुवा भई आउने दुवै विद्यालय एउटै स्थानीय तहभित्रका विद्यालय भएमा ५ दिनभित्र स्थानीय तहले शिक्षकलाई सरुवा गरिदिन सक्नेछ।

सरुवा भई जाने विद्यालय फरक-फरक स्थानीय तहको भएमा आफ्नो रायसहित तीन दिनभित्र सम्बन्धित शिक्षा इकाइमा पठाउनुपर्नेछ। इकाइले जिल्लाभित्रको स्थानीय तहमा र जिल्लान्तर रूपमा पनि शिक्षकलाई सरुवा गर्न सक्नेछ।

दरबन्दी मिलानको सिलसिलामा खुद पुल कायम भएको दरबन्दी भएमा, सम्बन्धित तहमा स्थायी नियुक्ति भएको एक वर्ष अवधि नपुगेका वा अनिवार्य अवकाश हुन एक वर्ष वा त्यसभन्दा कम अवधि बाँकी रहेका शिक्षक भएमा सरुवा नहुने निर्देशिकामा उल्लेख छ।

यस्तै सम्बन्धित शिक्षक बढुवाका लागि सिफारिस भएको अवस्थामा पनि सरुवा रोकिनेछ। यस्तै अन्यत्र जिल्लाको द्वितीय वा प्रथम श्रेणी शिक्षक भएमा उक्त शिक्षक सरुवा भई आउँदा जिल्लाभित्रको सम्बन्धित तहको द्वितीय र प्रथम श्रेणीको पद संख्याभित्र नपर्ने भएमा पनि सरुवा नहुने व्यवस्था गरिएको छ।

शिक्षक सरुवासम्बन्धी कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न केन्द्रमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका शिक्षक व्यवस्थापन हेर्ने उमहानिर्देशकको नेतृत्वमा सहजीकरण समिति गठन हुने व्यवस्था छ।

समितिको सदस्य केन्द्रकै विद्यालय शिक्षा शाखा प्रमुख र सदस्यसचिव शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक रहनेछन्।

यस्तो छ शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१

प्रकाशित: २०८१ जेठ १४ गते सोमबार ०५:०६
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना