२०८३ साउन १३ गते बुधबार

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा, मन्त्रालयले बनायो यस्तो मापदण्ड [पूर्णपाठ]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १४
education ministry (1)

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवा फुकुवा गरेको छ। शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ जारी गर्दै सरुवा फुकुवा गरिएको हो।

जेठ १३ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरुवासम्बन्धी निर्देशिका स्वीकृत गरेकी हुन्। निर्देशिका अनुसार हाल कार्यरत रहेको विद्यालयको सम्बन्धित तहमा सबैभन्दा बढी स्थायी सेवा गरेको अवधिका आधारमा सरुवाका लागि प्राथमिकताक्रम निर्धारण गरिने व्यवस्था गरिएको छ।

 प्राथमिकताक्रम निर्धारण हुन नसकेको अवस्थामा गोलाप्रथाबाट छनोट गरेको आधारमा पनि हुनेछ।

निर्देशिका जारी गरेलगत्तै मन्त्रालयले ७५३ वटै स्थानीय तह, ७७ वटै शिक्षा, विकास तथा समन्वय इकाई, सबै सामुदायिक विद्यालयलाई कार्यान्वयनका लागि परिपत्र गरिएको छ।

शिक्षक सरुवा गर्नुपरे निवेदन माग गर्ने र निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकताक्रमका आधारमा सरुवाको सहमति दिन सकिने व्यवस्था निर्देशिकामा छ।

अब सरुवा भई जाने र सरुवा भई आउने दुवै विद्यालय एउटै स्थानीय तहभित्रका विद्यालय भएमा ५ दिनभित्र स्थानीय तहले शिक्षकलाई सरुवा गरिदिन सक्नेछ।

सरुवा भई जाने विद्यालय फरक-फरक स्थानीय तहको भएमा आफ्नो रायसहित तीन दिनभित्र सम्बन्धित शिक्षा इकाइमा पठाउनुपर्नेछ। इकाइले जिल्लाभित्रको स्थानीय तहमा र जिल्लान्तर रूपमा पनि शिक्षकलाई सरुवा गर्न सक्नेछ।

दरबन्दी मिलानको सिलसिलामा खुद पुल कायम भएको दरबन्दी भएमा, सम्बन्धित तहमा स्थायी नियुक्ति भएको एक वर्ष अवधि नपुगेका वा अनिवार्य अवकाश हुन एक वर्ष वा त्यसभन्दा कम अवधि बाँकी रहेका शिक्षक भएमा सरुवा नहुने निर्देशिकामा उल्लेख छ।

यस्तै सम्बन्धित शिक्षक बढुवाका लागि सिफारिस भएको अवस्थामा पनि सरुवा रोकिनेछ। यस्तै अन्यत्र जिल्लाको द्वितीय वा प्रथम श्रेणी शिक्षक भएमा उक्त शिक्षक सरुवा भई आउँदा जिल्लाभित्रको सम्बन्धित तहको द्वितीय र प्रथम श्रेणीको पद संख्याभित्र नपर्ने भएमा पनि सरुवा नहुने व्यवस्था गरिएको छ।

शिक्षक सरुवासम्बन्धी कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न केन्द्रमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका शिक्षक व्यवस्थापन हेर्ने उमहानिर्देशकको नेतृत्वमा सहजीकरण समिति गठन हुने व्यवस्था छ।

समितिको सदस्य केन्द्रकै विद्यालय शिक्षा शाखा प्रमुख र सदस्यसचिव शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक रहनेछन्।

यस्तो छ शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१

प्रकाशित: २०८१ जेठ १४ गते सोमबार ०५:०६
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना