मकवानपुर- बाग्मती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द शर्माद्वारा प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम टेबुल गरे।
प्रदेशसभाको आजकै बैठकमा प्रमुख शर्माले सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिकीकरण गरेका थिए। बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुख शर्मालाई धन्यवाद प्रस्ताव पारित समेत गरेको थियो। उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थिए। सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक यही जेठ १६ गते दिउँसो ३ः३० बजे बस्ने गरी स्थगित गरे।
