२०८३ कार्तिक २१ गते शुक्रबार

कोशी प्रदेशसभा बैठक : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १४
koshi

विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि भएको छलफल समाप्त भएको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता छलफलमा उठेको प्रश्नको जवाफ दिँदै कानून बनाउनु र वार्षिक बजेट ल्याउनु प्रदेश सरकारको प्रमुख दायित्व रहेको बताए।

उनले यथार्थको जगमा उभिएर विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तय गरेको बताउँदै प्रारम्भ रु ४६ अर्ब रहेको प्रदेशको बजेट क्रमशः खुम्चिदै गएको जानकारी दिए। मन्त्री मगरले हामीले हाम्रो स्तर कायम गर्न चुस्त एवं दुरुस्त योजनामा मात्र केन्द्रित रहनुपर्ने धारणा राख्दै प्रदेश सरकार राजस्वको क्षेत्र बढाउन, रोजगार सिर्जना गर्न र पर्यटकलाई भित्र्याउन सकिने क्षेत्रमा लगानी गर्ने भने। उनले पर्यटन क्षेत्रको विकास गर्न पर्यटक पहुँच मार्गको विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै व्यापारिक सन्तुलन कायम गर्न र निर्यात बढाउन नाकासँग जोडिने मार्गमा प्रदेश सरकारले ध्यान दिने भने।

अर्थतन्त्रको मेरुदण्ड विप्रेषण रहेको बताउँदै मन्त्री मगरले भने, ‘बसाँइसराइ रोक्न पहाडी तथा हिमाली क्षेत्रमा सरकारले शिक्षा, स्वास्थ्यलाई व्यवस्थित गर्न र कठिन मार्गलाई सहज एवं सरल बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रदेश सरकारले यस प्रदेशमा दुई हजार बाटो र एक हजार पाँच सय खानेपानीका योजनाहरु सम्पत्र गरेको जानकारी दिँदै प्रदेश सरकारले गरेका यस्ता कार्यहरुको प्रचारप्रसार हुनु जरुरी छ भने।

प्रदेशस्तरका योजनाहरु तोक्न ढिलाइ भइसकेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री मगरले भने, ‘लोकतन्त्रको अभ्यासमा भागेर होइन, डटेर सामना गर्नुपर्छ।’ विगत केही दिनदेखि नेपाली कांग्रेसका २९ जना सांसद सदनमा अनुपस्थित हुने गरेको प्रसङ्गमा उनले नेपाली कांग्रेसले सदनमा उपस्थित भएर रचनात्मक सहयोग गर्नुपर्ने धारणा राखे। छलफलमा २२ प्रदेशसभा सदस्यहरुले भाग लिएका थिए। प्रदेशसभाको अर्को बैठक जेठ २१ गते मध्याह्न २ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए।

प्रकाशित: २०८१ जेठ १४ गते सोमबार ०७:५७
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना