काठमाडौँ- सरकारले आगामी आवका लागि स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रकम विनियोजन गरेको छ।
आगामी आवका लागि दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।
यस्तै ९८ प्रकारका औषधि निशुल्क वितरण गर्न एक अर्ब ४३ करोड विनियोजन गरिएको छ।
यस्तै दीर्घरोगीलाई प्रतिमहिना ५ हजार बैंकखातामा पठाउनका लागि २ अर्ब विनियोजन भएको छ।
कीर्तिपुरस्थित जलन अस्पतालको क्षमताविस्तार, पाटन मानसिक अस्पतालको क्षमता विस्तार गरिने बजेटमा उल्लेख छ।
स्वास्थ्य बिमाका लागि ८ अर्ब विनियोजना गरिएको समेत उनले जानकारी दिए।


