काठमाडौँ- सरकारले आलुप्याजमा लगाएको भ्याट खारेज गर्ने भएको छ।
आगामी आवका लागि बजेट सदनमा पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले आयातित आलुप्याजमा लाग्दै आएको भ्याट खारेज गर्ने उल्लेख गरेका हुन्।
यस्तै स्याउलगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको उल्लेख गरेका छन्।
यस्तै मदिरा, बियर, सूर्ति र चुरोटमा लगाइएको अन्त:शुल्क दरमा वृद्धि गरेको पनि उनले उल्लेख गरेका छन्।


