काठमाडौँ- आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झन्डै १२ अर्ब बजेट पाएको छ।
अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि लिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ अर्ब १० करोड पाएको छ। आगामी आर्थिक वर्षमा प्रदेश प्रदेशका १ हजार युवालाई स्वरोजगार बनाउन ४३ करोड बजेट विनियोजन गरिएको उनले बताए।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ।
खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ६ अर्ब ८२ करोड बजेट पाउने भएको छ।
वन तथा वातावरणले १५ अर्ब ७० करोड रुपैयाँको बजेट पाउँदा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले २ खर्ब ३ अर्ब ६६ करोड पाउनेछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ८६ अर्ब २४ करोड बजेट पाउनेछ।


