२०८३ कार्तिक २१ गते शुक्रबार

ओली र प्रचण्डले नेपाललाई सोधे- देउवा निवास जानुको कारण के?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १८
oli_nepal_prachanda

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेट भएको हो। भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताएका छन्।

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी भएपछि ओली र प्रचण्डले नेपाललाई सिंहदरबारमा बोलाएका हुन्।

बुधबार बुढानीलकण्ठस्थित देउवानिवासमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएको बैठकमा नेपाल पनि पुगेका थिए। उनले पार्टीका नेता मेटमणि चौधरीलाई पनि साथमै लिएर गएका थिए।

नेपाल देउवा निवास पुगेपछि एमाले र माओवादी केन्द्रमा तरंग भित्रिएको छ। प्रधानमन्त्री समेत रहेका प्रचण्डले त आफूसँगको परामर्शमा नै नेपाल देउवा निवास पुगेको जिकिर गरेका छन्। यद्यपि नेपाल प्रचण्डको सल्लाहमा देउवा निवास पुगेका भने होइनन्।

नेपाल देउवा निवास गएको विषयलाई नेकपा एमालेले गम्भीरताका साथ लिएको बताएको छ। छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो।’

सिंहदरबारमा भएको तीन नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री निवास स्रोतका अनुसार ओली र प्रचण्डले देउवा निवास जानुको अन्तर्यका विषयमा नेता नेपालसँग जिज्ञासा राखेका थिए। जवाफमा नेपालले कुनै भेटघाटले सत्ता समीकरणमा फरक नपार्ने बताएको प्रधानमन्त्री निकट स्रोतको दाबी छ।

देउवा निवासको छलफलमा मधेश प्रदेशमा जसपा नेपालको सरकार टिकाउनका लागि भेटमा सहभागी सबै दलका नेतासँग जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सहयोग माग गरेका थिए। तर नेपालले भने कुनै प्रष्ट जवाफ नदिएपनि पार्टीमा सल्लाह गरी निष्कर्षमा पुग्ने र फेरि पनि छलफल गर्न सकिने बताएका थिए।

नेता नेपालको ग्रिन सिग्नल पाएपछि उता मधेश सरकारका मुख्यमन्त्रीसमेत रहेका जसपा नेपालका नेता सरोजकुमार यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेपछि गठबन्धन ढल्न सक्ने भन्दै एमालेको मनमा चिसो पसेको छ।

माओवादी भने एमालेसँगको गठबन्धन भत्किएपनि फेरि पनि कांग्रेस र नेकपा एससँग गठबन्धन बनाएर अघि बढ्नुपर्ने पक्षमा छ। यद्यपि वर्तमान सरकार अप्ठेरोमा नपरुन्जेल एमालेसँगकै गठबन्धनमा रहनुपर्ने मत माओवादीमा छ।

नेता नेपाल भने आफू प्रधानमन्त्री बन्ने मौका मिले गठबन्धन भत्काउन पनि अघि सर्ने मनस्थितिमा छन्। यसको संकेत नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरीले गरेका पनि छन्। उनले अब नेता नेपाल प्रधानमन्त्री बन्ने दिन धेरै टाढा नरहेको जिकिर गरेका छन्। चौधरीको अभिव्यक्ति आएपछि सत्ताधारी दलमा तरंग छ।

प्रकाशित: २०८१ जेठ १८ गते शुक्रबार ०५:२४
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना