काठमाडौँ- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बजेटमाथिको छलफलको कुनै औचित्य लाग्न छोडेको बताएका छन्।
दिक्कलाग्दो छलफल देखेर आफूलाई कुनै रमाइलो नलागेकाले आफू एकछिन निदाएको पनि बताएका छन्। प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल जारी छ।
‘यहाँ जति उफ्रे पनि सत्तापक्षले पेस गरेको बजेट एक सुका, एक आना तलमाथि गर्न नपाइने, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य लाग्न छाड्यो,’ केसीले भने, ‘आज यही छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन। यस्तो पो हुन गयो। रमाइलो छैन संसद, दिक्क लाग्दो छ।’
