२०८३ कार्तिक २१ गते शुक्रबार

राष्ट्रिसभामा राजस्व र व्ययमाथि छलफल जारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २१
rastiyasabha

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज पनि जारी रहेको छ।

राष्ट्रियसभाको आजको बैठकमा उक्त छलफलमा बजेटले निजी क्षेत्र, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा राम्रो भएको र कार्यान्वयन गर्ने पाटोमा ध्यान दिनुपर्ने सुझाव दिएका थियो।

नेकपा (माओवादी केन्द्र)का सांसद विष्णुबहादुर विश्वकर्माले कृषिमा आत्मनिर्भर बनाउन, कृषिमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको हुनाले समग्रमा राम्रो बजेट ल्याएको बताए।

नेकपा (एमाले)का सांसद सुमित्रा विसीले बजेट आफैमा राम्रो भए पनि सोचेअनुरुप स्वदेशमै रोजगार र युवालाई स्वदेशमै राख्ने खालको आशावादी काम नभएको बताइन्। नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले देशको दिगो विकास र सङ्घीय प्रणालीलाई सुधार गर्ने खालको बजेट भए पनि सङ्घीयता सबलीकरणमा ध्यान दिन जरुरी भएको बताए।

नेकपा (एकीकृत समाजवादी)का सांसद गोमादेवी तिमल्सिनाले सरकारले नीति ल्याउँदा राम्रो ल्याए पनि युवाहरुलाई धितो राखी राखी विदेश पठाउने काम आफूलाई ठीक नलागेको सुझाव दिइन्।

नेकपा (माओवादी केन्द्र)का तारामान स्वाँरले आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष सबैलाई समेटिएको भए पनि सुदूरपश्चिममा आशा जगाउने खालको नभएको बताइन्।

नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीले सरकारले नयाँ रोजगारीका उद्योगहरुको सञ्चालन गर्ने र दैनिक विदेशिएका युवालाई स्वदेशमा रोक्ने खालको बजेट भएको बताइन्।

नेकपा (एकीकृत समाजवादी)का सांसद मदनकुमारी शाह गरिमाले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण बजेटमा राम्रो नभएको र युवालाई रिट दिएर विदेश पठाउने काम राम्रो नभएको बताइन्।

नेपाली कांग्रेसका सांसद युवराज शर्माले बजेटले प्राथमिकता र रुपान्तरणमा ध्यान दिएको नदेखिएको र पर्यटकको क्षेत्रमा समेत उल्लेखनीय बजेट नभएको सुझाव दिए। नेकपा (एमाले)का सांसद रुक्मिणी कोइरालाले सरकारले ल्याएको बजेट समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने खालको भएको र अर्थतन्त्रको सुधार गर्ने खालको भएको बताए।

नेकपा (माओवादी केन्द्र)का सांसद मनरुपा शर्माले नीति क्षेत्रको मनोबल बढाउने, सार्वजनिक सेवालाई प्रभावकारी बनाउने खालको भएको र बजेटले समग्र देश तथा देशबासीको हितमा रहेको धारणा राखिन्। नेकपा (माओवादी केन्द्र)का सांसद कृष्णप्रसाद अधिकारीले सूचना प्रविधि, उद्योगिक विकास, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा बजेटले मार्ग कोरेको बताए।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल आज जारी रहेको छ। उक्त छलफलमा मङ्गलबार पनि रहनेछ। राष्ट्रियसभाको अर्को बैठक यही जेठ २२ गते मङ्गलबार १ः१५ बजे बस्नेछ।

प्रकाशित: २०८१ जेठ २१ गते सोमबार ०६:०९
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना