काठमाडौँ- वैशाख १५ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनबाट विजयी भएर आएका सुहाङ नेम्वाङले पहिलो पटक प्रतिनिधि सभाको रोस्टमबाट सम्बोधन गरेका छन्।
मङ्गलबार पहिलोपटक प्रतिनिधि सभाको रोस्ट्रम पुगेका सुहाङले आफ्ना पितासमेत रहेका पूर्वसंविधानसभा अध्यक्ष सुवास नेम्वाङ श्रद्धाञ्जली व्यक्त गरे।
‘उहाँले विचारका विविधता र स्वस्थ प्रतिस्पर्धामा सधैँ विश्वास राख्नुहुन्थ्यो। म पनि उहाँले दिनुभएको यही ज्ञानलाई लिएर अगाडि बढ्न चाहन्छु,’ उनले भने, ‘मेरो हात समाएर अब युवा पुस्ता तयार हनुपर्छ भनेर इलामेली जनताको बीचमा पुर्याउनुहुने पार्टी अध्यक्षज्यूलाई धन्यवाद भन्न चाहन्छु।’


