२०८३ कार्तिक २२ गते शनिवार

गण्डकीको श्रमाधान मेला सम्पन्न, ५ हजारभन्दा बढीले गरे अवलोकन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २२
gandaki_shram

गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ। पोखराको पोखरा इभेन्ट सेन्टरमा दुईदिनसम्म चलेको मेलामा ५ हजार भन्दा बढीले अवलोकन गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरको आयोजनामा आयोजित मेलामा सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रका सरोकावालाहरुको सहभागीता रहेको थियो।

मेलालाई होटल संघ नेपाल (हान) ले संयोजन गरेको थियो। भने सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन्।

मेलामा विभिन्न खालका ४२ वटा स्टलहरु राखिएका थिए। मेलाबाट रोजगारीका लागि पाँच सय भन्दा बढिले आवेदन फारम भरेका छन्। मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरु रहेका थिए।

मेलामा विभिन्न क्षेत्रबाट सहयोग गर्ने तथा योगदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले मेला भव्यताका साथ सम्पन्न भएको बताए। मेलामा रोजगारी दिने र रोजगारी खोज्नेहरुबीच पुलको काम गरेको र मेलाको उद्देश्य पुरा भएको बताए।

मेलामा रोजगारीका लागि फाराम भरेकाहरुलाई पछि सम्बन्धित कम्पनीले बोलाउनेछन्। र सोही आधारमा उनीहरुले रोजगारी पाउने सम्बन्धित कम्पनीहरुले जनाएका छन्। विभिन्न कम्पनीहरूले ३५० भन्दा बढि क्षेत्रमा कर्मचारी माग गरेका थिए। जसमा एक हजार तीन सय भन्दा बढीले आवेदन दिएका थिए।

मेलामा विभिन्न विषयमा ६ वटा श्रमाधान सम्वाद कार्यक्रम राखिएकाे थियाे। मेलामा पहिलो दिन श्रम आप्रवासन:कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अबसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा सम्वाद आयोजना गरिएको थियो। त्यस्तै दोस्रो दिन शिक्षा र रोजगारी बीचको सेतुः कार्यस्थलमा सिकाईको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाठा विषयमा सम्वाद आयोजना गरिएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै मन्त्री अर्यालले मेलाले तत्कालै रोजगारी दिने नभई एउटा अभियानको रुपमा अघि बढेको बताएका थिए।

आगामी वर्ष तीनै तहका सरकार मिलेर एकै पटक गर्ने र त्यो निकै प्रभावकारी हुनेमा आफुहरु विश्वस्त रहेको उनको भनाई थियो।

कोशी प्रदेशको विराटनगरबाट सुरू भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा पुगेर सकिनेछ। मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्वपूर्ण मानिने श्रम मन्त्रालयका उप सचिव तथा गण्डकी प्रदेश मेला संयोजक शारदा भण्डारीले बताइन्।

प्रकाशित: २०८१ जेठ २२ गते मङ्गलबार ०७:०८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना