काठमाडौँ- सहकारीको रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसेको छ।
सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा समितिको पहिलो बैठक बसेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
सहकारी ठगीको छानबिन गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेको माग गरेपछि जेठ १५ गते एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो।
७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।
समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ।






