२०८३ कार्तिक २२ गते शनिवार

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २३
karnali pardesh

कर्णाली- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश प्रमुख परियारले ‘सुशासन र सामाजिक न्याययुक्त समृद्ध कर्णालीः आर्थिक तथा भौतिक विकाससहितको समाजवादोन्मुख प्रणाली’ भन्ने मूल ध्येयका साथ आर्थिक, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी समृद्ध कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्न कर्णाली प्रदेशको मार्गचित्रका रुपमा नीति तथा कार्यक्रम परिलक्षित रहेको बताए।

नीति तथा कार्यक्रममा ‘स्वस्थ माटो, स्वस्थ जीवन,’ ‘एक पालिका एक कृषक पाठशाला,’ ‘अर्गानिक कृषिमा वृद्धि, कर्णालीको समृद्धि’ घुम्ती प्राविधिक सहयोग कार्यक्रम समेटिएका छन्। यसैगरी कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र जलविद्युत् परियोजनालाई प्रदेश सरकारले अगाडि बढाउने नीति लिएको छ। सीप सिकेका युवालाई सामूहिकरुपमा वस्तु विकास गर्न ‘वस्तु विकास प्रशिक्षण केन्द्र’ स्थापना गर्नेसमेत जनाइएको छ।

सुशासनयुक्त सहकारी क्षेत्रको विकास गर्न प्रदेश मातहतका सहकारी संस्थाको अनुगमन तथा नियमन कार्यलाई प्रभाकारी बनाउने, कर्णालीलाई मासु तथा दूधमा आत्मनिर्भरतातर्फ लैजाने, भू–उपयोग नीति निर्माण गरी जोखिम संवेदनशील भू–उपयोग गुरुयोजना तयार गर्ने, बेरोजगार जनशक्तिलाई व्यवसाय तथा रोजगारमा आबद्ध गर्न कर्णाली समृद्धि परियोजनामार्फत उद्यमशीलता विकास, रोजगार मेला र सीप विकास कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले लिएको छ।

‘पर्यटन उद्योग र खानीः समृद्धि सम्भव छ, कर्णालीमा गरौँ लगानी’ भन्ने मूल मान्यताका साथ पर्यटन क्षेत्रको विकास, सम्भाव्य खानीको उत्खनन, अन्वेषण, नवप्रवर्तन र स्थानीय कच्चापदार्थमा आधारित उद्योगको स्थापनाका लागि सार्वजनिक र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने नीति लिइएको छ। प्रकृतिमा आधारित पर्यटन, ग्रामीण पर्यटन र होमस्टे प्रवर्द्धन गर्न नागरिकलाई पर्यटनसम्बन्धी रोजगारी, आतिथ्यता र उद्धारलगायतका कार्यक्रम सञ्चालन र यसको प्रवर्द्धनका लागि पर्यटन गुरुयोजना कार्यान्वयनमा ल्याउने नीतिमा उल्लेख छ।

सङ्घीय सरकारको सहकार्यमा सुर्खेत विमानस्थलको विस्तार तथा पूर्वाधार विकास, प्रविधिमैत्री सुरक्षा प्रणाली, सुरक्षित कर्णाली प्रदेश अभियान, कर्णालीका समग्र नागरिकको विपद् जोखिम दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिँदै जोखिमयुक्त, सङ्कटग्रस्त, दुर्गम, पिछडिएका क्षेत्र तथा न्यून आय भएका नागरिकका लागि विपद् घर सुरक्षा कार्यक्रमअन्तर्गत बीमा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

‘निरोगी कर्णालीमा केन्द्रित स्वास्थ्य प्रणाली’ भन्ने मूल नाराका साथ कर्णालीवासीको स्वास्थ्य सेवाको पहुँचलाई एकीकृत, सरल, सुलभ, गुणस्तरीय र प्रभावकारी बनाउँदै प्रदेश अस्पताल सुर्खेतलाई विशिष्टीकृत प्रेषण तथा शिक्षण अस्पतालका रुपमा विकास गर्ने र कर्णाली स्वस्थ नागरिक विशेष अभियान सञ्चालन गर्ने पनि सरकारको नीति छ।

त्यस्तै, मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम, एकदिन किताबरहित शुक्रबार, जीवनोपयोगी शिक्षा कार्यक्रमलाई परीक्षणका रुपमा सञ्चालन गरिने जनाइएको छ।

त्यसैगरी, पत्रकार दुर्घटना तथा स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने, सूचना र प्रविधिका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि, सञ्चार माध्यमको दर्ता, नियमन, अध्ययन अनुसन्धानको विषयमा कानुन निर्माण गर्ने, पत्रकारिता तथा आमसञ्चार छात्रवृत्ति तथा पुरस्कारलगायतका कार्यक्रमलाई निरन्तरता दिने नीति प्रदेश सरकारले ल्याएको छ।

प्रकाशित: २०८१ जेठ २३ गते बुधबार ०९:००
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना