काठमाडौँ- सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य तोलामा १ लाख ४५ हजार तोकेको हो।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको थियो। बिहीबार पनि सुनको मूल्यले रेकर्ड बनाएको थियो।
यसअघि मंगलबार पनि सुनको मूल्यले रेकर्ड बनाएको थियो। मंगलबारको तुलनामा बिहीबार तोलामा १३ सय रुपैयाँले सुनको मूल्य बढेको थियो।
यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
बिहीबार तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९०० रुपैयाँ पुगेको छ।
पछिल्लो समय सुन र चाँदी दुवैको मूल्य बढ्दै गएको छ।
भन्सार कर वृद्धि र अन्तर्राष्ट्रिय बजारमै पनि भाउ बढेकाले स्थानीय बजारमा सुनको मूल्य बढेको जनाइएको छ।
हेरौँ राजधानीका सुन पसलको दृश्य














