काठमाडौँ- मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतीश सिंहले नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदीले सिंहलाई शुक्रबार मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन्।
सतीशलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थन गरेका छन्।
गएराति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका थिए। त्यसको केही समयमा नै प्रदेश प्रमुख सुवेदीले सिंहलाई मुख्यमन्त्री बनाएकी हुन्।
यसअघि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका थिए।
साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एसलाई कृषि, उर्जा तथा सिंचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको स्रोतले जानकारी दिएको छ।


