काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बचाउँन संसद विघटन गरेको बताएका छन्। एमाले काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले एमाले सिध्याउन लागेको देखेपछि संसद विघठन गरेको स्पष्ट पारे ।
पार्टीभित्रकै केही व्यक्तिले एमालेलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि संसद् विघटन गरिएको र संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्थित्वमा रहेको उनको भनाइ छ।
अध्यक्ष ओलीले एमालेबाहेक अरू कसैसँग देश विकासको स्पष्ट ‘भिजन’ र नीति नरहेकाले ‘मिसन–८४’ नेपालको राजनीतिमा ‘टर्निङ प्वाइन्ट’ हुने उल्लेख गरे।
आउँदो निर्वाचनबाट ‘काठमाडौं जिल्ला एमालेको किल्ला’ हुने उनले बताए। उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई विभाजन गर्ने काम नगर्न निर्देशन दिएका छन्।
