काठमाडौँ- सुनको मूल्य एकै दिन ४ हजार रुपैयाँले घटेको छ।
शुक्रबारको तुलनामा आइतबार ४ हजार रुपैयाँले मूल्य घटेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी संघले आइतबारका लागि प्रतितोला १ लाख ४१ हजार मूल्य निर्धारण गरेको छ।
शुक्रबार एक तोला सुन किन्न १ लाख ४५ हजार रुपैयाँ तिर्नुपर्थ्यो।
एक तोला तेजाबी सुनलाई १ लाख ४० हजार ३ सय रुपैयाँ पर्छ।
यसैगरी चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घढेको छ।
शुक्रबार १ हजार ९ सयमा कारोबार भएको चाँदी आइतबार १ हजार ८२५मा किनबेच भइरहेको छ।


