दैलेख- कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका छन्।
८ वटा खच्चडलाई जीवितै उद्धार गरिएको दैलेखको आठबीस नगरपालिका ६ का वडाअध्यक्ष नवराज शर्माले जानकारी दिएका छन्।
मृत दुईमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो। अर्को भने जाली काटेर नदीमा झारेपछि मरेको हो।
अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए।
बाँकी ४ खच्चडलाई तानेर निकाल्ने प्रयास भइरहेको छ। लठ्ठा चुँडिएर पुल लच्किँदा अछाम र दैलेखबीच आवतजावत बन्द भएको छ।


