सुर्खेत- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ। गत शुक्रबार र शनिबार सुर्खेत स्थित सिटी हलमा सञ्चालित मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन्।
मेलामा २६३ जनाले विभिन्न खालको रोजगारीको लागि आवेदन दिएका छन्। त्यसैले गरी नेपाल चेम्बर अफ कमर्सको समन्वयनमा २६७ रोजगारीको प्रतिबद्धता गरिएको छ।
मेलाको समापन कार्यक्रममा बोल्दै नेपाल चेम्बर अर्फ कमर्स कर्णाली प्रदेशका अध्यक्ष चिन्तामणी न्यौपानेले मेलाले कर्णाली प्रदेशमा रोजगारी सृजना गर्न सहयोग पुग्ने बताए। मेलामा रोजगारदाता र श्रमिक बीच प्रत्यक्ष भेट हुँदा रोजगारीका विभिन्न आयामहरु खुलेको पनि उनले बताए। ‘यो मेला सुरुवात मात्रै हो। सरकारले यस्ता खालका मेलालाई निरन्तरता दिनुपर्छ,’ उनले भने।
मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रुपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन्।
त्यस्तै, मेलामा सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तराष्ट्रिय श्रम सम्बन्ध र कानून, सामाजिक सुरक्षा एवंम आन्तरिक रोजगारीका विषयक कार्यशालाहरु सञ्चालन हुनेछन्। साथै वागिना एवंम लोक दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशले संयोजन गर्नेछ। हुड्के नाच, झ्याउरे नाच, डेउडा समूहको प्रस्तुति थियो।
जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला सुर्खेतमा जेठ २५ र २६ गते सञ्चालन भएको थियो। २७ र २८ गते सुदुरपश्चिमको धनगढी र २९ र ३० गते बाग्मती प्रदेशको ललितपुरबाट मेला समापन हुनेछ।
उता श्रमाधान रोजगार मेला सुदुरपश्चिम प्रदेशमा आइतवारबाट सुरु भएको छ। मेलाको उद्घाघाटन गदै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्यमशिलता र रोजगारीको लागि अहिले अति आवश्यक रहेकाले मेलाले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय कायम गर्ने विश्वास व्यक्त गरे।
मेलाले स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी आवश्यक जनशक्ति तयार गर्न कोशे ढुंगा सावित हुने उनको भनाई छ। निजी क्षेत्र तथा सरकार मातहतका निकायहरुले एउटै थलोमा बसेर रोजगार सम्बन्धी सम्पुर्ण जानकारी लिन र दिन सक्ने मन्त्री भण्डारीले बताए।
मन्त्री भण्डारी भने सातै प्रदेशमा बिजनेस इकुमेशन सेन्टर संचालन गरी स्टार्ट अप व्यवसायलाई अघि बढाइने छ। ‘बैदेशिक रोजगारीबाट फर्केका, पिछडिएका वर्ग अपागता भएकालाई उद्यमशीलतामा सहभागी गराउने सरकारको लक्ष्य छ,’ मन्त्री भण्डारीले भने।
मेलाले निरन्तरता पाउने र उद्योग मन्त्रालय पनि श्रम मन्त्रलयसंग समन्वयन गरी आगामी दिनमा अघि बढ्ने धारणा व्यक्त गरे। साथै आन्तरिक पूजी र उत्पादन वृद्धि गर्न सके रोजगारीका अवसर जुट्ने उनको सुझाव छ।
उद्घाघाटन समारोहमा बोल्दै सुदुरपश्चिम प्रदेशकी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री टीका थापाले रोजगारीको अवसर जुटाउन मेलाले महत्वपुर्ण हुने धारणा राखिन। यस्ता रोजगार मेृला बर्षेनी आयोजन गर्न आवश्यक रहेको उनको भनाई थियो। युवाहरु वैदेशिक रोजगारीस्मा जानेक्रम बढेको अवस्थामा जमिन जग्गाहरु बाझो रहेकाले सरकारले किसानको उचित व्यवस्थापन गरे यहा धेरै अवसर पाइएने मन्त्री थापाले बताइन्।
रोजगारीको अवसर कसरी प्राप्त गर्न रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारबारे कसरी जानकारी लिने भन्न्ने उदेश्यका साथ श्रमाधान रोजगार मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ। मेलामा १२ वटा सरकारी र २७ नीजि क्षेत्रका गरी ३७ वटा स्टलहरु रहेका छन्। यस्तै मेलामा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भुमिका,वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पुर्व सिकाई मान्यताको भुमिका,अवको यात्रा योगदानमा आधारीत सामाजिक सुरक्षा, सुदुरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदुर लगायत सात वटा सामुहिक छलफल तथा कार्यशाला पनि संचालन गरिदै छ।
श्रमाधान मेला जेठ १७ देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भई यही जेठ ३० गेत बाग्मती प्रदेशको ललितपुरमा समापन हुनेछ।
