काठमाडौँ- एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।
कलंकीस्थित ह्वाइट र्याबिट रेस्टुरेन्टबाट आइतबार उनीहरू पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेमा कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ छन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।


