जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।
पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन्।
अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवारी छ। तर नामावली भने सार्वजनिक गरिएको छैन।
मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ।
