२०८३ कार्तिक २१ गते शुक्रबार

मल र स्वास्थ्य सेवाबारे सरकारलाई सांसदका प्रश्नैप्रश्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ३०
parliament

काठमाडौँ- प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानले समयमै मदखाद पाउन नसकेका, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुन नसकेको, मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवाबाट नागरिक वञ्चित हुनुपरेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरुले विभिन्न मुलुकबाट राजदूत फिर्ता बोलाइएको विषयमा समेत प्रश्न उठाए।

सांसद मनबहादुर गुरुङले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुन नसक्नुको कारणबारे जिज्ञासा राखे।

अन्तराष्ट्रिय उडानका लागि पहल गर्न उनीले सरकारसँग माग गरे। सरकारले आगामी आर्थिक वर्ष २०८१/८१ को नीति तथा कार्यक्रम र बजेटमा यसलाई समेटन नसकेको भन्दै सांसद गुरुङले असन्तुष्टि व्यक्त गरे।

सांसद मनिषकुमार झाले बेलायत सरकारको सहयोगमा जनकपुर–जयनगर रेल्वेका लागि वैदेही र खजुरामा स्थापना गरिएको कारखानामा इञ्जिन थन्क्याइएको उल्लेख गर्दै विभिन्न देशमा बनाइएका ती इञ्जिन संरक्षण गरेर सङ्ग्रहालयमा राख्नुपर्ने सुझाव दिए।

सांसद महेशकुमार बर्तौलाले संविधानले व्यवस्था गरेको मौलिक अधिकारमा स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित नरिने व्यवस्था भए पनि सङ्घीय अस्पतालमा समेत सामान्य उपचार र शल्यक्रियाका लागि नौ महिनासम्म कुनुपर्ने अवस्थाका विषयमा सरकारको ध्यानार्कषण गराए।

सांसद महेश बस्नेतले इलामको माइ नगरपालिका–४ मा द्वन्द्वव्यवस्थापन गर्न निर्माण गरिएका शिविरको जग्गा संरचना प्रयोगविहीन अवस्थामा रहेकाले त्यसको उचित उपयोग गर्न आग्रह गरे।

सांसद माधव सापकोटाले मनसुनको समय आएकाले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद मुक्ताकुमारी यादवले सिरहा–धनुषा जोड्ने कमला नदीको पुल र राजमार्ग निर्माण समयमै सम्पन्न गर्न माग गरे।

सांसद् मेटमणि चौधरीले दाङको राप्ती गाउँपालिका–१ भालुवाङ बजारका बासिन्दा विस्थापित हुनुपरेको उल्लेख गर्दै लालपुर्जा भएका स्थानीयवासीलाई जग्गा फिर्ता गर्न माग गरे।

सांसद मेनकाकुमारी पोखरेलले दाङमा आपराधिक घटना न्यूनीकरण गर्न सुरक्षा निकायको ध्यानार्कषण गराइन्।

सांसद मैना कार्कीले मध्यपहाडी राजमार्ग निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गरिन्।

सांसद रघुजी पन्तले दोहोरो नागरिकता भएका कर्मचारीबारे छानबिन गर्न  र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार कारबाही गर्न माग गरे। सांसद रणेन्द्र बराइलीले देशभर भएका जातीय विभेदका घटनाप्रति सरकारको ध्यानाकर्षण गराए।

सांसद रञ्जुकुमारी झाले शून्य समयमा सांसदहरुले सदनमा राखेका विषयको सरकारले सुनुवाइ नगरेकामा असन्तुष्टि व्यक्त गरिन्।

सांसद राजेन्द्रकुमार केसी र रामकृष्ण यादवले सरकाले विभिन्न देशमा रहेका ११ नेपाली राजदूतलाई एकैपटक फिर्ता बोलाएकाप्रति आपति जनाए।

सांसद रामकुमार राईले खोटाङको सडकखण्ड निर्माण एवं विस्तारको काम समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए।

सांसद रामनाथ अधिकारीले जनप्रतिनिधिले आफ्नो दलीय र क्षेत्रीय स्वार्थबाट माथि उठेर सिङ्गो देशकै लागि सोच्न सक्नुपर्ने बताए।

सांसद रामशङ्कर यादवले तराईमा खानेपानीको समस्या हल गर्न र किसानलाई बीउ र मलखाद समयमै उपलब्ध गराउन माग गरे।

सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे।

सांसद रुपासोशी चौधरीले किसानलाई आवश्यक मल उपलब्ध गराउन माग गरे।

सांसद रोशन कार्कीले मन्त्रीहरुले बजेट आफनो जिल्लामा मात्र पारेकामा आपत्ति जनाए।

सांसद लक्ष्मी तिवारीले नेपालगञ्जस्थित विमानस्थलको सुधारको माग गरे।

सांसद लालप्रसाद सावा लिम्बूले झापाको कन्काई नदीमा हुलाकी राजमार्गमा पुल निर्माण थालेको १३ वर्षमा पनि सम्पन्न नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

सांसद लालवीर चौधरीले साल्ट टे«डिङ र कृषि सामग्री संस्थानमार्फत किसानलाई मल वितरण गरिनुपर्ने माग गरे।

सांसद लेखनाथ दाहालले दीर्घरोगको चुनौतीप्रति सरकारलाई सचेत गराए।

प्रकाशित: २०८१ जेठ ३० गते बुधबार ०१:४४
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना