काठमाडौँ– जनता जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा निरन्तरता पाएका उपेन्द्र यादवले शपथ ग्रहण गरेका छन्।
पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत भएका यादवले बिहीबार शपथ लिएका हुन्।
अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका थिए।
त्यसबाहेकका अन्य पदमा अन्य नेताहरूले उम्मेदवारी दिएका थिए।
तर अन्तिममा सबै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिए।
अन्ततः त्यसको टुङ्गो लगाउन अध्यक्ष यादवलाई जिम्मेवारी दिइएको छ।


