काठमाडौँ- प्रतिनिधिसभा सदस्य महिन्द्रराय यादवलाई नेपाल समाजवादी पार्टीले निष्काशन गरेको छ। यादवलगायतलाई पदबाट हटाएको सूचना निर्वाचन आयोगमा दिएको हो।
नेपाल समाजवादी पार्टीले आइतबार एक विज्ञप्ति जारी गरी पार्टीको विधान विपरीतका गतिविधिमा लागेको भन्दै यादवसहितका नेताहरूलाई कारबाही गर्ने निर्णय भएअनुसार कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख गरेको छ। यादव सहित प्रदेश सांसद गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव पनि कारबाहीमा परेका छन्।
समाजवादी पार्टीले १२ जेठमा उनीहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो। नेपाल समाजवादी पार्टीको पत्र अनुसार जेठ ३० गते उनीहरुलाई सदस्यबाट हटाई आयोगले विवरण अद्यावधिक गरेको हो। यादवसहितका नेताहरू माओवादी केन्द्रमा विलीन भएका थिए।
पार्टीले निष्काशन गरेपनि यादव र श्रेष्ठको सांसद पद भने यथावत नै छ। यादव र श्रेष्ठ माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका हुन्।


