काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डाेलप्रसाद अर्यालले १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन्।
मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री अर्यालले सयदिने प्रगति विवरण आइतबार सार्वजनिक गरेका हुन्।
यसअवधिमा मन्त्री अर्यालले सातै प्रदेशमा श्रमाधान रोजगारी मेला लगाएको विवरणमा उल्लेख गरेका छन्।
यस्तै एक घण्टामा श्रम स्वीकृति दिने व्यवस्था गरिएको पनि विवरणमा उल्लेख छ।
पत्रकार सम्मेलनमा श्रम तथा रोजगार मन्त्री डीपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरिएको उल्लेख गरे।
‘वैदेशिक रोजागरीमा गएर मृत्यु हुने श्रमिकका परिवारलाइ १० लाखसम्म पुर्याउँने प्रस्ताव मन्त्रालयले अघि बढाएको छ,’ उनले भने। यसअघि यस्तो रकम ७ लाख थियो।
मन्त्री अर्यालले आफूले सोचेजस्तो गरी काम गर्न नसकेको समेत उल्लेख गरेका थिए।
प्रगति विवरणको पूर्णपाठ


