बर्लिन-राष्ट्रपति रामचन्द्र पौडेललाई जर्मनीले गार्ड अफ अनरको सम्मान प्रदान गरेको छ। जर्मनी भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई त्यहाँको सरकारले सोमबार सम्मान गरेको हो।
जर्मनीका राष्ट्रपति डा फ्र्यांक–वाल्टर स्टिनमेयर र राष्ट्रपति पौडेलबीच द्विपक्षीय भेटवार्ता हुनुअघि उक्त सम्मान दिइएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
स्विटजरल्यान्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर पौडेल जर्मनी पुगेका हुन्।
जर्मनीका राष्ट्रपतिको निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आइपुगेका हुन्।


