२०८३ कार्तिक २१ गते शुक्रबार

बागमती प्रदेश सरकारको प्राथमिकतामा सडक, भवन र सहरी पूर्वाधार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३
bagmati mukhyamantree

बागमती- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सडक, भवन र सहरी पूर्वाधारलाई प्राथमिकतामा राखेर सबैभन्दा बढी रु २२ अर्ब ६४ करोड बजेट छुट्याएको छ।

प्रदेश राजधानीसमेत रहेको हेटौँडालाई ‘बृहत् हेटौँडा सहर’ का रूपमा रूपान्तरण गर्न आगामी आवमा सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको प्रदेश सरकारले सङ्घीय सरकारको समन्वयमा विपद् जोखिमयुक्त बस्तीहरूमा स्थान्तरण गरी सामूहिक बस्ती विकास पाइलट परियोजना सुरुआत गर्ने जनाएको छ। प्रदेश लोकमार्ग तथा प्रदेश मार्ग निर्माण तथा स्तरोन्नति गर्ने र सडकको सीमा तोक्ने कार्यलाई प्रदेश सडक यातायात गुरुयोजनाअन्तर्गत कार्यान्वयन हुने गरी विशेष प्राथमिकता दिने र काठमाडौँ उपत्यका तथा प्रदेश राजधानी हेटौँडाका नदी करिडोर व्यवस्थापनका लागि आवश्यक अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने प्रदेश सरकारको योजना छ।

प्रदेश सरकार गठन भएयता चालु आव २०८०र८१ को फागुन महिनासम्म एक हजार ६८ किलोमिटर नयाँ सडक, नौ सय सात किलोमिटर ग्राभेल र एक हजार ४२ किलोमिटर कालोपत्र भएको गरिएको बागमती प्रदेशमा आगामी आवमा बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकाका खस्र्याग खोला, महादेव खोला, हनुमन्ते खोला, चितवनको कयर, लदरी नदी करिडोरको सम्भाव्यता अध्ययनका लागि सङ्घीय सरकारसँग सहकार्य गरिने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ।

प्रदेश सडक यातायात गुरुयोजनाअन्तर्गतका सडकमा पर्ने नदी, खोला तथा खोल्सीहरूमा सडक, पुल तथा झोलुङ्गे पुल निर्माणका लागि आगामी आवमा रु दुई अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ।

अति सिमान्तकृत चेपाङ, बनकरिया, माझी, बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम, खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम र गरिब तथा विपन्न वर्गका लागि जनता आवास कार्यक्रमलाई निरन्तरता दिन रु ४० करोड बजेट विनियोजन गरिएको प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ। यस्तै आगामी आवमा रुवी भ्याली एकीकृत विकास कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकारले मानव विकास सूचाङ्कमा पछाडि परेका थप स्थानीय तहमा एकीकृत विकास कार्यक्रम विस्तार गर्ने गरी बजेट तथा योजना अगाडि सारेको छ।

प्रकाशित: २०८१ असार ३ गते सोमबार ०६:२९
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना