काठमाडौँ- एक तोला सुनको मूल्य १९ सय रुपैयाँले बढेको छ।
प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा एक तोला सुनको कारोबार भइरहेको छ।
हिजो छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुन भने प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ। चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ।
हिजो चाँदी प्रतितोला एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि जेठ २५ गते सुन अहिले सम्मकै महँगो एक लाख ४५ हजार रुपैयाँ पुगेको थियो।
त्यसयता भने सुनको मूल्य घटेको थियो। फेरि सुनको मूल्य उकालो लाग्न थालेको छ।


