२०८३ कार्तिक ११ गते मङ्गलबार

सपना ओसारिरहेका पुष्पक विमानहरू

 |  कृष्ण रिमाल
Sanket

कृष्ण रिमाल

काठमाडौँ, असार ७
Nepal_Airlines_Airbus_A330_-_200,_on_final_approach

वायुपङ्खी घोडा र जलपरीहरूको कथा सुन्दै गर्दा हजुरआमाले सुनाउने पुष्पक विमानका कथा र पात्रले हाम्रो बालहृदय सधैँ पुलकित हुन्थ्यो। त्यस्तै घोडा र विमान चढेर टाढाको मुलुक बाट जलपरी हामीलाई पनि लिन आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। तर आज क्षितिजपारिका देशबाट यस्तै विमान आउँछन् र हाम्रा राजकुमार-राजकुमारीहरूलाई उनीहरूको सहरमा लैजान्छन्, यसरी गएकाहरूमध्ये थोरै मात्र फर्किन्छन्। थुप्रैले यताको लहरो उतै तान्छन्।

कथा कथाजस्तो नभई एक दिन साँच्चैको जहाज आयो। १९९० ताका पहिलो पटक नेपालको आकाशमा चराजस्तै उड्ने मेसिन देखियो। तत्कालीन प्रधानमन्त्री भीम शमशेर वा राजाज्ञा बिना नै ह्वुस्टन आरोहण दलले विहारको पुर्णियाबाट पूर्वी नेपाल हुँदै सगरमाथा क्षेत्रको उडान भरेको थियो। उक्त उडानको केही समयपछि नेपालमा ठूलो भूकम्प गयो। हिमालमा देवीदेवता बस्ने हुँदा देविदेवता माथिबाट जहाज उडेकोले रिसाएर भूकम्प गएको अड्कल तत्कालीन समाजले गरेको थियो रे। खाने र लगाउने शैली फेरिए पनि यस्तै सोच आज पनि हामीकहाँ विद्यमान नै छ।

२००१ पौष महिनाको एक बिहान ८–९ बजेको समयमा बाटो बिराएर आएको जहाज काठमाडौँ चार भञ्याङ्गको आकाशमाथि उडेको रहेछ। त्यस्को एक महिनापछि चितवनको झुवानीमा पहिलो पटक विमान अवतरण भएतापनि काठमाडौँमा तत्कालीन भारतीय राजदूत सुरजित सिंहको भतिजा दलिप सिंह मजेठियाले २००६ साल वैशाख ११ गते अवतरण गरेपछि नेपाली जनताले पहिलो पटक भुइँमा बसेको जहाज देखेका थिए। यसरी ७५ वर्षअघि देखेको अनौठो मेसिनले आज गाँउहरु शून्य हुने गरी मान्छे ओसारिरहेको छ। आजको आलेख देश खाली पारेर यिनै विमान भर्ने आदरणीयहरूप्रति समर्पित छ, जसले रगत र पसिना बहाएर परिवार पालेका छन्। उर्जाशील उमेर, जवान रहर र सबै सम्बन्ध बिर्सन बाध्य छन्।

यही गएको ज्येष्ठबाट औपचारिक रूपमा देशभित्रका फरक – फरक महत्त्वपूर्ण आयोजनामा गरी निर्माण क्षेत्रमा ९ वर्ष पूरै काम गरेको अनुभव छ मेरो। आयोजनाहरुको की-पोइन्ट मानिने लेखा तथा प्रशासनमा काम गर्ने अवसर प्रदान गर्ने सबै आयोजनाप्रति म कृतज्ञ छ। तर पनि यो यस्तो ठाँउ हो जहाँबाट श्रमिक र अरु सरोकारवालाका सिप, क्षमता, पिडा र बाध्यता तथा व्यवस्थापक वा आयोजनाकारका वास्तविक अवस्था, बदमासी, नियत, कठिनाइ र कमीकमजोरी दुवै सँगसँगै देख्न पाइन्छ। यहाँनेर वकिल र लेखा परीक्षकलाई देशको लागि भए पनि इमानदार भइदिन अनुरोध गर्दछु।

यो बिग्रिएको भनेर घमघडाकका साथ चर्चा गरिने देश बिगार्न यस्ता सरल र मेहनती मान्छेको १ प्रतिशत पनि योगदान छैन। पढेलेखेका मान्छेसँग डराउनु पर्ने अवस्थामा हामी कसरी आइपुग्यौँ? नयाँ पुस्ता कुहिरोको काग जस्तै बन्दै गइरहेको छ।

करिब ३ हजारसँग प्रत्यक्ष थप २ हजार जतिसँग अप्रत्यक्ष गरि करिब ५ हजार जना मान्छेसँगको सम्बन्धमा रहेर मैले भोगेको देश समाज र हाम्रो राज्य व्यवस्था निकै दारुण, अव्यवस्थित, करुणाविहीन र अव्यावहारिक छ। म आफैँले करिब ५ सय जति बैंक खाता खोलेर प्रयोग गर्न सिकाएका ती तमाम मान्छेलाई सम्झिँदै स्पष्टका साथ भन्न सक्छु- यो देश यस्तै तिनीहरु जस्तैको इमान र पसिना नहुँदो हो त उहिल्यै सकिन्थ्यो। यो बिग्रिएको भनेर घमघडाकका साथ चर्चा गरिने देश बिगार्न यस्ता सरल र मेहनती मान्छेको १ प्रतिशत पनि योगदान छैन। पढेलेखेका मान्छेसँग डराउनु पर्ने अवस्थामा हामी कसरी आइपुग्यौँ? नयाँ पुस्ता कुहिरोको काग जस्तै बन्दै गइरहेको छ। हामीले प्रचलनमा ल्याएका सामाजिक, राजनीतिक, आर्थिक तथा शैक्षिक नीतिनियममा अरु सम्भावना वा जीविकोपार्जनको स्पष्ट आशा राख्ने आधार नभेटेर देश छाड्नेको मनोविज्ञानमा हाम्रो ध्यान पुग्न सकेको छैन। हामीले खाली यो मात्र सोचिराखेका छौँ, विदेशिने मोह आर्थिक र उन्नत जीवनशैलीको चाहना मात्रै हो। तर हामी सोच्दैनौँ कतै हाम्रा कारण भाइबहिनी वा छोराछोरी आशाविहीन बनेका त होइनन्?

स्वास्थ्य पढाउने सर मदिरा पिएर आए भने, जनसंख्या पढाउने सरले नै ५ सन्तान जन्माएको थाहा भएपछि कुन विद्यार्थीले आफ्ना शिक्षकलाई आदर्श शिक्षक मान्न सक्छन्? हामी करिब करिब यही मोडमा छौँ। हामीले सामाजिक रुपमा नैतिक समाज बन्नुपर्छ भन्न सिकायौँ, लेख्न र चर्को स्वरले बोल्न सिकायौँ तर जहाँनेर कामद्वारा सिद्ध गरेर देखाउन मिल्थ्यो वा जहाँनेर परिणाम देखिने ठाँउ हुन्छ त्यहीँ नेर हामी बेइमान बनेको उनीहरुले देखे। आफ्नै आँखाले देखेका कुरा सत्य होइनन् भने अब के चाहिँलाई सत्य मान्ने त? आर्थिक रूपमा जागरणको अभ्यास गर्न नै सकेनौँ विश्व व्यापारीकरणले हाम्रो रैथाने सिप पुरै खोक्रो पारिदियो।

चित्रा बुनेर परिवार धानेको राई माइलाको कथा जस्तै बन्दै गएको छ देशको कथा। बजारले वस्तु सृजना गरेर आवश्यकता थपिदियो। आवश्यकताका सामान उपभोग गर्ने समाजले वस्तु उपभोगको आवश्यकता महसुस गर्न थाल्यो। ठुला बहूदेशीय कम्पनीका विज्ञापनले हाम्रो आधारभूत चेतना मास्दै लगे। दूध बेच्ने हजुरबुबाहरुले नातीका लागि हर्लिक्स किन्न थाले। सेतो देखिनु सौन्दर्यको मानक बन्यो। काम नगर्नु सुखको मानक बन्यो। यसरी हाम्रो समाजको मौलिक अभ्यास र शिक्षामा नाङ्खो प्रहार हुँदा पनि हामी मौन रह्यौँ र त्यसैलाइ अवलम्बन गर्‍यौँ। नतिजा निकै सास्ती खेपेर आफ्ना रहर मारेर हुर्काएका सन्तती अर्को देशका अपरिचित मान्छेहरुको सेवासुविधाको प्रयोगका लागि प्रयोग हुनुपर्ने बाध्यत बन्दै गयो। आवश्यकता परिपूर्तिको लागि प्रयोग हुनुपर्ने दिनमा आयौँ।

राज्य संयन्त्रमा सीमित रहेका मान्छेले राज्यलाई आफ्नो लालपुर्जाभित्रको जमिन जस्तो ठाने। सुगौली सन्धिले सिमाबद्ध गरेको जमिनभित्रका सबै सम्भावना खैरो र हरियो रंगका राहदानीले प्रतिबिम्बित गर्ने निरीह अवस्था एकाएक सृजना भयो।

मनमा राज्य र समाजप्रतिको भडाँस बोकेर कुनै नागरिक सन्तुष्ट रहन सक्दैन। त्यसैले मेरो अपिल उड्न बाँकी रहेको देशलाई यतै रोक्न सामाजिक रुपमा प्रगतिका मानक सबैको पहुँचसम्म रहने गरी पुनःपरिभाषित गरौँ। हरेक व्यक्तिको प्राप्त उपलब्धि, आर्जन गरेको सम्पतिको रंग, जीविकाका बाटा, व्यक्तिको सामाजिक आवश्यकता, खरिद गर्न सकिने र नसकिने कुराहरु तथा खरिदपछिको सन्तुष्टिको व्याख्या अलि व्यापक रुपले स्पष्ट पारिदिऔँ। आवश्यकताको तह लाइ स्पष्ट पारौँ। आवश्यकता पूरा गर्ने वैकल्पिक बाटाका थप सम्भावना सामूहिक रुपमा खोजौँ। आफूले प्राप्त गर्न नसकेका तत्कालीन सपना सन्ततीका कलिला काँधमा नथोपरौँ। समय र सन्दर्भले अनुपयुक्त मानेका प्रथा र पद्धतिमा परिमार्जन गर्दै लगौँ। सबै कुरा राज्य मात्रैले गर्ने होइन, सामाजिक रुपमा हुने गरेका विभेद असमानता तथा अन्यायपूर्ण घटना थप हुन नदिऔँ।

अन्त्यमा सन्ततीलाई अरु जे बने पनि जन्ती र मलामी बन्न सिकाऔँ। पूर्ण रूपमा अनुशासित र सनातन मौलिकतायुक्त समाज निर्माण अभियान सूरु गरौँ। कृषि पर्यावरण र संस्कृतिमा पूर्ण रुपमा मौलिकता कायम गरौँ। आर्थिक समृद्धिका लागि उपलब्ध स्रोत र संभावनालाई प्रयोगमा ल्याऔँ। कम्तीमा रहरले बनाएका घरहरु बाध्यताले छोड्न नपरोस्। आफ्ना खुसी, सफलता र प्रगतिको उत्सव सधैँ मनाउन इच्छुक समाजमा पीडा, दर्द र आँसुका गीतहरु हिट हुँदै नजाउन्।

प्रकाशित: २०८१ असार ७ गते शुक्रबार ०२:३८
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना