२०८३ कार्तिक १७ गते सोमबार

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ८
narayankaji_shrestha

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन्।

राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासंघ नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘युथ लिडरसिप समिट–२०२४’लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नैपर्ने बताए। मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरिएको जानकारी दिँदै उनले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको बताए।

राजनीतिक परिवर्तनपछाडि मुलुकले तीव्र आर्थिक फड्को मार्न नसकेको यथार्थ स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यसमा आलोचना गरौँ तर मुलुकको गौरवपूर्ण इतिहासप्रति गर्व गरौँ, सकारात्मक विषयलाई मनन् गरौँ, समस्यालाई सच्याएर अगाडि बढौँ।’

उपप्रधानमन्त्री श्रेष्ष्ठले जनताको सङ्घर्षको बलमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्नु वर्तमानमा सबैको आवश्यकता भएको उल्लेख गरे। ‘राजनीतिक प्रणालीलाई प्रजातन्त्रिक त बनायौँ, तर यसले सामाजिक आर्थिक रुपान्तरणका पक्षमा माध्यम र साधनको काम गर्नुपथ्र्यो, त्यसो हुन सकेको छैन’, उनले भने, ‘आर्थिक समृद्धिलाई तीव्र पारेर समृद्धिको मार्गमा पुर्याउनुपर्छ।’

मुलुकमा वैचारिक र सांस्कृतिक रुपान्तरणको आन्दोलनको खाँचो रहेको औँल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले समाजका सबै पक्षभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। ‘राजनीतिक दलभित्र शुद्धीकरणको अभियान चलाउनुपर्छ, राजनीति सफा नगरी विकास र समृद्धिको कार्यभार पूरा हुन सक्दैन’, उनले भने, ‘मुलुकलाई आर्थिकरुपमा सबल बनाउन राजनीतिक संस्कारमा परिवर्तन हुनैपर्छ, यसमा युवाको सक्रिय सहभागिताको आवश्यक छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले मुलुकलाई आर्थिक रुपमा सबल बनाउन नेपालका राजनीतिक दलहरु सक्षम रहेको बताइन्। ‘नेपाललाई समृद्धि बनाउन हामी सक्षम छौँ, चुनौती छन् तर त्यसलाई अवसरमा परिणत गर्न सक्छौँ’, उनले भनिन्।

मुलुकको आर्थिक उन्नतिमा प्रमुख भूमिका खेल्न सक्ने युवा जनशक्तिलाई पछाडि राखेर समृद्धि हासिल गर्न नसकिने भन्दै सांसद कार्कीले अब युवा नेतृत्वका लागि अगाडि आउनुपर्ने बताइन्। ‘युवा राजनीतिमा मात्रै होइन, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान प्रविधिलगायत समाजका विविध क्षेत्रमा अगाडि आउनुपर्छ’, उनले भनिन्, ‘यसका लागि सरकार र सरोकारवाला निकायले युवामैत्री नीति र वातावरण बनाउनुपर्छ।’

परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षमता, नेतृत्व, सीप विकास, उद्यमशीलता र स्वरोजगारबा बाटोमा उन्मुख गराउन सीमित साधनस्रोतका बाबजुद परिषद् क्रियाशील रहेको जानकारी दिए। उनले तीनै तहका सरकारले युवा मैत्री वातावरण तयार गर्नेमात्र नभई स्वदेशमै उद्यमशील र स्वरोजगार बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए।

गणतन्त्र स्थापनापश्चात् मुलुकले राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा ठूला उपलब्धि हासिल भएको उल्लेख गर्दै परिषद्का उपाध्यक्ष बस्नेतले भने, ‘शासकीय भूमिका तथा राज्यका निकायमा महिला, मधेसी, दलित, जनजातिलगायत अल्पसङ्ख्य तथा लोपोन्मुख समुदायको प्रतिनिधित्व बढेको छ।’ युवा पिँढीलाई भविश्यका कर्णधारका रुपमा मात्र सीमित नगरी वर्तमानको साझेदार र हिस्सेदार बनाउन सक्दा मात्रै युवा जनसङ्खिक लाभबाट मुलुकले फाइदा लिन सक्ने उनको भनाइ छ।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले युवाको सीप, क्षमता र नेतृत्व विकासमा क्रियाशील विभिन्न संघ संस्थालाई सम्मान गरेका थिए।

प्रकाशित: २०८१ असार ८ गते शनिवार ०२:५४
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना