काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा दण्ड र पुरस्कारको थिति बसाल्ने बताएका छन्।
नवलपरासीको परासीमा आयोजित पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तर्क्रिया कार्यक्रममा मन्तव्य राख्दै सभापति देउवाले यस्तो बताएका हुन्।
‘पार्टीमा दण्ड र पुरस्कारको थिति बसाल्छौँ,’ उनले थपे, ‘ढुक्क भएर काम गर्नुहोस्।’
कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिए।
चुनावमा हुने अन्तरघात हटाउन अहिल्यैदेखि योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँट गर्न पनि उनको निर्देशन थियो।
सबै स्थानीय तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिको विचार विश्लेषण गर्न पनि देउवाको निर्देशन छ।


