काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले भेटवार्ता गरेका छन्।
एमाले पार्टी कार्यालय च्यासलमा मंगलबार भएको भेटमा उनीहरूबिच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको छ।
सो अवसरमा नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति अध्यक्ष ओलीले खुसी व्यक्त गदै आगामी दिनमा पनि दुई देशबिच सहयोग आदान प्रदान हुने विश्वास व्यक्त गरेका छन्।
उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा भाग लिन सोमबार नै नेपाल आएका थिए।


