काठमाडौँको डल्लुस्थित खनालनिवासमा आज भएको छलफलपछि खनाल र भुसालबीच सहमति भएको हो। छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य नरेशकुमार शाही सहभागी थिए। पार्टीमा पुस्तान्तरणको बहस चलाउँदै आएका भुसालका पक्षमा समर्थन जुटाउन यसअघि पनि विभिन्न चरणमा छलफल भएका थिए।
यसअघि खनाल आफै अध्यक्षमा उठ्ने बताइरहेका थिए। भुसाल हाल पार्टीका महासचिव छन्।
यही असार १६ गतेदेखि एकीकृत समाजवादीको महाधिवेशन हुँदै छ। एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादीले पहिलोपल्ट महाधिवेशन गर्न लागेको हो।