काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय पदाधिकारीको संख्या थप्ने निर्णय गरेको छ।
बिहीबार बसेको सचिवालय कमिटीको बैठकले महाधिवेशनबाट अनुमोदन गर्ने गरी पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको हो।
केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय भएको नेकपा एस उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
यसअघि केन्द्रीय परिषदले १९९ सदस्यीय केन्द्रीय कमिटी र १९ सदस्यीय पदाधिकारी रहने विधान पास गरेको थियो।
पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष थप गर्ने निर्णय समेत नेकपा एसले गरेको छ।
केन्द्रीय उपाध्यक्षमा महिलाको सिट सुरक्षित गर्ने र आवश्यकता अनुसार वरिष्ठ नेता पद सिर्जना गर्नसक्ने निर्णय पनि भएको उपमहासचिव खतिवडाले जानकारी दिए।
