काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले देशका हरेक उथलपुथलमा लिड गरेको दाबी गरेका छन्।
पार्टीको महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
आफूहरू कुनै पनि चुनौतीमा नडराई अघि बढेकोसमेत उनको भनाइ छ।
‘ठूल्ठूला उथलपुथल भएका छन्। प्रत्येक उथलपुथलमा हामीले महत्वपूर्ण अग्रगामी भूमिका खेलेका छौं,’ उनले भने, ‘सहभागी भएको मात्रै होइन, लिड गरेका छौं।’
घटनाक्रमलाई निर्णायक मोड दिने सक्रिय हस्तक्षेप गर्ने, अरुलाई पनि आफ्नो पछिपछि ल्याउन सक्ने, नेपालको राजनीतिमा दिशाबोध गर्ने, खुवी र क्षमताको साथ अघि बढेको उनको भनाइ छ।
कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद देखिएको उल्लेख गर्दै पार्टीलाई त्यसबाट जोगाउनुपर्ने बताए।
उनले पार्टीले अघि सारेको समाजवादको कार्यक्रममा उभिएर जनताको अगुवाको रुपमा लाग्न आग्रह गरे।


