काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अध्ययनले ५ वटा कम्पनीले ३२ सय किलो सुन तस्करी गरेको देखाएको छ।
डमी कम्पनी खडा गरेर सुन तस्करी भएको देखिएको सीआईबीको दाबी छ।
सुन तस्करी गर्न सबैभन्दा अघि भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालि छ। यो कम्पनीले १३०३.९६५ केजी तस्करी गरेको सीआईबीको दाबी छ।
यसैगरी ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिले ६३२.७१५ केजी सुन तस्करी गरेको अध्ययनको निष्कर्ष छ।
चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालि ७१६.८३ केजी सुन तस्करीमा संलग्न भएको अध्ययनले देखाएको छ।
दोलखा इलेक्ट्रिक सप्लायर्स पनि सुन तस्करीमा अघि नै छ। उले १७२.८ केजी तस्करी गरेको पाइएको हो।
रेडी ट्रेड प्रालिमार्फत ७.५ केजी सुन तस्करी गरेको छ। यसले ब्रेक सुमार्फत यसअघि ३६२.७७८ केजी सुन तस्करी गरेको दाबी गरिएको थियो।
सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामानभित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ।
तस्करले ३१ अर्ब रुपैयाँको सुन तस्करी गरेर भित्र्याएका अध्ययनको भनाइ छ।
विभन्न चरणमा भएका तस्करीका घटनामा संलग्न भएको आरोपमा २५ जना पक्राउ परेका छन्।


