काठमाडौँ- सुनको मूल्य एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा बिहिबार भने एक लाख ४४ हजार तीन सय निर्धारण गरिएको छ।
तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकाेमा सोही परिमाणको तेजाबी सुन बिहिबारका लागि एक लाख ४३ हजार ६ सय रुपैयाँ तोकिएको छ।
यसैगरी, चाँदीको मूल्य तोलामा र ४० रुपैयाँले बढेको छ।
बुधबार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मोल आजका लागि भने एक हजार आठ सय ६५ रुपैयाँ निर्धारण भएको छ।


