काठमाडौँ- शंखमूलको पुलबाट हामफाल्ने प्रयास गरेका एक युवालाई प्रहरीले उद्धार गरेको छ।
२६ वर्षीय युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरले उद्धार गरेको हो।
ललितपुर महानगरपालिका-१७ मा बस्दै आएका ती युवक कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न ठिक्क परेका थिए।
प्रहरी अनुसन्धानका क्रममा विदेश जान नपाएपछि ती युवकले आत्महत्या गर्न खोजेको खुलेको छ।


