काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वकै सरकारको निरन्तरताका पक्षमा खुलेको छ।
पार्टीका नेता घनश्याम भूसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीले विश्वासको मत दिनेसमेत बताएका छन्।
बिहीबार पत्रकारहरूसँगको कुराकानी गर्दै प्रचण्ड सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता नहुनेसमेत जानकारी दिए।
दाहाल नेतृत्वको सरकारमा एकीकृत समाजवादीका दुई जना मन्त्री छन्।
भूसालले सकेसम्म महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिनेसमेत बताएका छन्।


