काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ।
प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशन हलमा नयाँ कमिटी घोषणा गरिएको हो।
सम्मानित नेता झलनाथ खनालले केन्द्रीय कमिटीको घोषणा गर्दा प्रतिनिधिहरूले भने ‘हुँदैन, हुँदैन’ भन्दै होहल्ला र नाराबाजी गरेका थिए।
खनालले प्रतिनिधिहरूलाई आश्वस्त बनाउन खोजेपनि हलमा नाराबाजी भइरहेको छ। नाराबाजी भइरहेपछि यसबारे पछि छलफल गर्ने उनले बताएका थिए।
केन्द्रीय कमिटीको घोषणा गर्नुअघि सचिवालय बैठक बसेको थियो ।
एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था छ।
यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन्।


