काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी तर बाँकी सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकालका महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गरी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए।
प्रतिवेदनमा पार्टी नेतृत्वको कार्यशैली परिवर्तन नभए २०८४ को निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसक्ने उल्लेख गरेका छन्।
उक्त विषयमा सभापति रवि लामिछानेले आपत्ति जनाएका थिए।


