काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग बदला लिने नाममा बजेटका कार्यक्रम नच्यात्न नयाँ बन्ने सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधि सभामा आफूलाई विश्वासको मत माग्दै यस्तो आग्रह गरेका हुन्।
‘मसँग बदला लिने नाममा, प्रचण्डसँग बदला लिने नाममा दलित महिला श्रमिक र घाइते अपांगका पक्षमा बजेटमार्फत् अघि सारिएका कार्यक्रम नच्यातियोस्,’ उनले भने।
आफूले गरेका राम्रा कामकै कारण आफू नेतृत्वको सरकार ढल्ने अवस्था सिर्जना भएको उनको आरोप थियो।
ठग र दलालहरूले नेकपा एमाले र नेपाली कांग्रेसलाई जोडेको पनि उनले दोषारोपण गरेका थिए।


