काठमाडौँ- महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले दिएकाे राजीनामा स्वीकृत भएको छ।
मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता पोखरेलले राजीनामा स्वीकृत गरेका हुन्।
‘महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनु भएको राजीनामा स्वीकृत भएको छ’, राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।
उनी २०७९ साल पुस १४ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए।
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाइ सरकार गठन गरेपछि पोखरेलले राजनीनामा दिएका हुन्।


