काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।
संघीय संसद्को दुवै सदनबाट पारित आएका विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै तीनै विधेयकले औपचारिक रुपमा कार्यान्वयनमा आएका छन्।


