काठमाडौँ– विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ।
बुधबार दिउँसो साढे १ बजेदेखि रोकिएका केवुलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो।
विद्युत अवरुद्ध हुँदा केबलकार रोकिएका हुन्। केबलकारमा रोकिएका यात्रुलाई भर्याङ हालेर जमिनमा ओरालिएको थियो।
८ यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको एसपी अधिकारीले जानकारी दिए।


