काठमाडौँ- अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ।
बिहीबार मन्त्रालयले मार्गदर्शन जारी गरेको हो।
खानेपानी, ढल, बिजुलीको पोल तथा तार व्यवस्थापन र भूमिगत कामलाई एउटै प्याकेजमा गर्न मन्त्रालयको जोड छ।
मन्त्रालयले आयोजना कार्यान्वयनमा सहजता ल्याउन वातावरणीय प्रभाव मूल्यांकन र प्रारम्भिक वातावरणीय परीक्षणलाई कानुनले तोकेको समयभित्रै पूरा गर्न पनि भनेको छ।
प्राथमिकता प्राप्त आयोजनामा दुई सिफ्टमा काम गर्न समेत विकासे मन्त्रालयलाई आग्रह गरिएको छ।
बजेटमा नपरेका आयोजना वा कार्यक्रमलाई अघि बडाए जिम्मेवारी लिने पदाधिकारीमाथि कारबाही गर्ने मन्त्रालयको संकेत छ।
तीनै तहका सरकारबीच समन्वय गरी दोहोरो नपर्ने गरी काम गर्न पनि मन्त्रालयको भनाइ छ।
समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्न र १० करोडमाथिका आयोजना निर्माणमा गुणस्तरको प्राविधिक परीक्षण गराउन मन्त्रालयले निर्देशन दिएको छ।
आयोजनाको बहुवर्षीय ठेक्कामा सहमति मापदण्डको पूर्ण पालना गर्न पनि ध्यानाकर्षण गराइएको छ।


