काठमाडौँ– गर्भनर महाप्रसाद अधिकारीले चेक बाउन्स (अनादर) हुँदैमा कालोसूचीमा नपर्ने व्यवस्था गरिएको बताएका छन्।
चालु आवका लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
‘कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्म चेक अनादरका कारण कालोसूचीमा नपर्ने व्यवस्था गरिएको छ,’ मौद्रिक नीति सार्वजनिक गर्दै उनले भने।
निर्माण व्यवसायको जमानत व्यवस्था मिलाउनका लागि कर्जा वर्गीकरण र कर्जा व्यवस्थापन गर्ने, जेभी पार्टनर कालोसूचीमा परेमा अन्य व्यवसायी कालोसूचीमा नपर्नेसमेत उनले उल्लेख गरे।
परिस्थितीजन्य कारणले व्यवसाय बन्द भएपनि कर्जाको सावाब्याज भुक्तानी भइरहेका कम्पनीलाई सहजीकरण गर्ने नीति राष्ट्र बैंकले लिएको उनको भनाइ छ।
शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी नीति लिइएको उनले बताए।


