काठमाडौँ- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई शपथ दिलाएका हुन्।
उपाध्यक्षमा शपथ लिएपछि अधिकारीले आयोगका सदस्यहरुलाई शपथ दिलाएका थिए।
आयोगका सदस्यहरूमा डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीले अधिकारीसमक्ष शपथ लिएका हुन्।


