२०८३ कार्तिक २२ गते शनिवार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन संविधान संशोधनः कांग्रेस नेता निधि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १२
ryery

भक्तपुर- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताएका छन्।

बयालिसौँ बिपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले यहाँ आयोजना गरेको बिपी स्मृति सभामा उनले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार सबैको सहमतिमा संविधान संशोधन अगाडि बढाइने बताए।

नेता निधिले सत्ता गठबन्धनले सङ्घीयता, प्रदेश संरचना र समानुपातिक व्यवस्थालाई कमजोर बनाउँछन् भनेर चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरे। उनले संविधान संशोधनभन्दा पहिले प्रदेश कानुन बनाउन अत्यावश्यक रहेको समेत चर्चा गरे। ‘अहिले संविधान संशोधनभन्दा पनि प्रदेश कानुन बनाएर प्रदेशको अधिकारलाई पूर्णता दिनु अत्यावश्यक छ, प्रदेशको आफ्नै प्रहरी, कर्मचारी हुने संविधानमा व्यवस्था छ तर त्यसको कार्यान्वयन भएको छैन। यसर्थ संविधानअनुरूप कानुन बनाउने विषयलाई वर्तमान सत्ता गठबन्धनले पहिलो प्राथमिकतामा राख्नुपर्छ।’

कांग्रेस पूर्वउपसभापति निधिले एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमतिअनुसार सरकारको निरन्तरता र कामकारबाही अगाडि बढ्ने धारणा राखे। उनले भने, ‘दुई पार्टीबीचको सहमतिलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा पढेर सुनाउनुभएको छ। म दाबाका साथ भन्न चाहन्छु, यो सम्झौता २०८४ को चुनावसम्म कायम रहन्छ। सरकारको नेतृत्व पनि सोहीअनुसार हस्तान्तरण हुन्छ। बाहिर यो सरकार टिक्दैन, केही महिनाका लागि मात्रे हो भन्ने चर्चा र भ्रम छर्ने काम भइरहेको छ, यसलाई चिरेर अगाडि बढ्छौँ।’

वर्तमान सरकारको भविष्यबारे चिन्ता नगरी २०८४ सालमा बहुमत ल्याउने गरी पालिका तहदेखि नै पार्टीलाई मजबुद बनाउन लाग्नुपर्ने आवश्यकता औँल्याउदै प्रतिनिधिसभा सदस्य निधिले गुट उपगुटभन्दा माथि उठेर पार्टीलाई जिताउने गरी एकताबद्ध हुन अपिल गरे।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाले बिपीको सिद्धान्तबाट कांग्रेस विचलित हुन नहुने चर्चा गदै तल्लो तहबाटै कांग्रेस एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए। आयोजक कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्कीले माथिल्लो तहदेखि नै गुटबन्दी अन्त्य भएकामा सिङ्गो कांग्रेस एक भएर अगाडि बढ्ने दाबी गरे।

प्रकाशित: २०८१ साउन १२ गते शनिवार ०७:५४
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना